आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
रासस
फाल्गुन १७, २०७७ सोमबार
भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।