दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण
रासस
फाल्गुन १९, २०७७ बुधबार
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ । अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम भइरहेको छ । यहाँको काम सकेसँगै आवश्यकता हेरी अन्य स्थानमा पनि काम अघि बढाइने कामपाको तयारी छ । कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन्...