विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता बलियो हुन्छ : मुख्यमन्त्री गुरुङ
रासस
माघ १, २०७७ बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । देश संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त...