देशभर जागरण फैलाउन सफल, बाग्मती सफाइ महाअभियान
रासस
पुष २८, २०७७ मंगलवार
‘मेरो वासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिकस्थल वरिपरि तथा नदीनाला सफा राख्छु । बाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु’ ।
प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बाग्मती नदी किनारमा उपस्थित भएर सफाइ अभियानकर्मीले उल्लेखित शपथ लिएसँगै बाग्मती सफाइ महाअभियान शुरु हुन्छ । यसरी सफा गर्न थालिएको पनि शनिबार ४०० हप्ता पुगेको छ । ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नाराका साथ ४००...