हुलाकी सडक निर्माणसँगै स्वरुप फेरिँदै ग्रामीण बजार
रासस
पुष २१, २०७७ मंगलवार
कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र सानासाना पसल मात्रै देखिने सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालिएको छ ।
‘‘पहिलापहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना साना व्यवसायी मात्र थियो”, बरियारपट्टीका विनोद यादवले भन्नुभयो, ‘‘तर अहिले सडक फराकिलोसँगै...