भूमि आयोग र स्थानीय तहबीच समझदारी
रासस
पुष १, २०७७ बुधबार
भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहहरुबीच भूमिहीनको लगत सङ्कलनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको उपस्थितिमा आयोग र कर्णालीका १५ स्थानीय तहबीच समझदारी भएको हो ।
आयोगका अध्यक्ष ज्ञवालीका अनुसार सुर्खेतका नौ, रुकुम पश्चिमका तीन, सल्यानका दुई र जाजरकोटका एक स्थानीय तहसँग भूमिहीन, सुकुम्वासी,...