‘पूर्वाधारका क्षेत्रमा स्रोतसाधन र आवश्यक जनशक्ति नभएकाले समस्या’
रासस
पुष २, २०७७ बिहीबार
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तीन÷चार वर्षयता भौतिक पूर्वाधारका क्षेत्र विस्तार भइरहेकाले त्यसअनुरुप स्रोतसाधन र आवश्यक जनशक्ति नभएकाले समस्या देखिन थालेको बताउनुभएको छ ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री नेम्वाङले यी वर्षमा पूर्वाधारका क्षेत्रमा रेल, सुरुङमार्ग, फराकिला सडक थपिँदै गएको बताउनुभयो । उहाँका अनुसार त्यही अनुरुप कार्यान्वयन गर्ने...