सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई
रासस
मंसिर २४, २०७७ बुधबार
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताउनुभएको छ । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही...