प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० सङ्क्रमित
रासस
मंसिर २२, २०७७ सोमबार
पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन÷तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् । अहिलेसम्म डिस्चार्ज...