प्रतिकूल मौसमका कारण दाङमा मह उत्पादनमा कमी
रासस
माघ २६, २०७८ बुधबार
दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएको छ । परियोजना प्रमुख महेश रेग्मीका अनुसार गत वर्ष जिल्लामा चार सय टन मह उत्पादन भएकोमा यस वर्ष २४० टन मात्र उत्पादन भएको छ ।