कृषिमा यान्त्रीकरण लाभान्वित हुँदै किसान
रासस
मंसिर ९, २०७७ मंगलवार
चितवनमा पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्काेतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद गर्न कठिन हुने गरेको छ । उहाँले भन्नुभयो, “सरकारी अनुदान नपाउनेले आफँैले किनेर...