जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल
रासस
मंसिर ४, २०७७ बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गर्नुभएको छ । नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गर्नुभएको...