अब औद्योगिक क्षेत्र फस्टाउँछन्ः मन्त्री भट्ट
रासस
मंसिर ६, २०७७ शनिबार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताउनुभएको छ । कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो । उहाँले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
“लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै...