भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा
भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ । त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उहाँले पहिलो पटक भ्रमण गर्नु भएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र राज्य...
महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु
महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताउनुभयो ।
असमको १५ औँ मुख्यमन्त्रीको रूपमा हिमन्त विश्व शर्माले सपथ ग्रहण
भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्य सभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीमा सोमबार सपथ ग्रहण गर्नुभएको छ । उहाँ असमको १५ मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।
ममता बनर्जी लगातार तेस्रो पटक बंगालको मुख्यमन्त्री नियुक्त
भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिनु भएको छ । उहाँ लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुनु भएको हो । मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभयो । बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुनुहुन्छ...
भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ । भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।
अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी
अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गर्नुभएको हो ।
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा
भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ । दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन
आफ्ना पिताको निधन भएपछि छोरा चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “बाबा तपाई अब हामीबीच रहनु भएन, भौतिक रुपमा नभए पनि तपाई हामीसँगै हुनु हुनेछ ।”
भारतमा सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
विहारको निर्वाचन तीन चरणमा हुने
भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।