विपन्न विद्यार्थीलाई सिकाइ चुनौतीपूर्ण
शेषकान्त पण्डित
मंसिर ८, २०७७ सोमबार
गरिब, अति विपन्न तथा अपाङ्गता भएका विद्यार्थीलाई सिकाइ सहजीकरणमा जोडेर शैक्षिक सत्र सदुपयोग गर्ने कार्य चुनौतीपूर्ण हुने देखिएको छ । यस खालका विद्यार्थीका लागि हालसम्म स्थानीय तह तथा विद्यालयले खासै सक्रियता देखाउन नसकेको, प्रविधिमा सहज पहुँच स्थापित नभएको तथा कतिपय विद्यार्थीलाई अध्यापन गर्ने सामग्रीको समेत अभाव हुँदा सिकाइ सहजीकरणमा समस्या भएको पाइएको छ ।
अनुपम अभ्यास