कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण
शेषकान्त पण्डित
पुष १५, २०७७ बुधबार
कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याउनुभएको छ ।