बैतडीमा भौतिक उपस्थितीमै पठनपाठन शुरु
रासस / सिन्ह्वा
भाद्र २७, २०७८ आईतवार
भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य शुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।