अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि “सत्ताविद्रोह”को आरोप
रासस / एएफपी
पुष २३, २०७७ बिहीबार
संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यहरुले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ ।
अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्यूत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य...