युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न
रासस / एएफपी
पुष १०, २०७७ शुक्रबार
सम्झौतापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भन्नुभयो, “हामीले हाम्रा कानुन र हाम्रो भविष्यलाई पुनः फिर्ता ल्याएका छौं ।” उता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन लियेन भने निकै सचेत देखिनु भएको थियो । अंग्रेजी नाट्यकार विलियम शेक्सपियरको “विभाजन एक मीठो दुःख हो” भन्ने उक्ति उद्धृत गर्दै उर्सुलाले भन्नुभयो, “मध्यस्थताको सफल यात्राको अन्त्यमा मैले पनि खुशी अनुभव गरेको छु । तर आज, म शान्त छु, अझ खुलेर भन्नुपर्दा...