घानामा निर्वाचनको क्रममा हिंसा, पाँचको मृत्यु
रासस / एएफपी
मंसिर २४, २०७७ बुधबार
घानामा भएको निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले निर्वाचन भएको क्षेत्रमा कुल ६१ घटना भएको र केही घाइते समेत भएको जनाएका छन् ।
“देशभरी निर्वाचनसँग सम्वन्धीत ६१ ओटा घटना भएको विवरणहरु हामीलाई प्राप्त भएका छन्,” प्रहरी कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभरी भएको घटना विवरण सार्वजनिक गरेको हो ।