logo
२०८१ मंसिर ९ आईतवार



सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत

अन्तर्राष्ट्रिय |


सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत
तस्विर-फाइल


ब्रसेल्स, मंसिर २६ गते। युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो ।
युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गर्नु भएको थियो । उहाँले जलवायू परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी मुलुक भएको बताउनुभएको छ । युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भन्नुभयो, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने छ । यसले सन् २०५० मा जलवायू तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ ।”
युरोपेली नेताहरुले जलवायू परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए । केही कोइला–निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रुपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो ।
जलवायु परिवर्तन सम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो । युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?