कोरोनाकालमा स्वास्थ्यसूत्र
अभय श्रेष्ठ
जेष्ठ २२, २०७८ शनिबार
‘खुसी आफूसँग रहुन्जेल मान्छेलाई थाहै हुँदैन । गुमिसकेपछि यो कति अमूल्य थियो भनेर ऊ पछुताउन थाल्छ,’ म्याक्सिम गोर्कीको यस कथनलाई हामी स्वास्थ्यसँग जोड्न सक्छौँ । शरीरमा समस्या नआउन्जेल मान्छे जे पायो त्यही गर्छ । रोगले गाँजेपछि बल्ल उसलाई स्वास्थ्य कति महŒवपूर्ण रहेछ भन्ने बोध हुन्छ । त्यसैले त बुद्ध भन्छन्, ‘जे पायो त्यही, जहाँ पायो त्यहीँ, जसरी पायो त्यसरी, जुन बेला पायो त्यही बेला, जति पायो त्यति खानेलाई मार (रोग)ले...