‘इराकमा तैनाद अमेरिकी लडाकू सैनिक यसै वर्ष स्वदेश फर्किने’
रासस / एपी
श्रावण १२, २०७८ मंगलवार
इरानसँग सम्बन्ध भएका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् । यद्यपि त्यहाँ आईएसको खतरा जारी रहेको बताइन्छ । ह्वाइट हाउसमा इराकी प्रधानमन्त्रीसँग कुरा गर्दै बाइडनले भन्नुभयो, “हामी यो नयाँ चरणमा प्रवेश गरे पनि हाम्रो प्रतिआतङ्कवाद साझेदारी जारी रहनेछ ।”
खादिमीले प्रतिउत्तरमा भन्नुभयो, “आज हाम्रो सम्बन्ध पहिलेकोभन्दा निकै बलियो छ । अर्थतन्त्र,...