आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय
रासस / एपी
जेष्ठ १९, २०७८ बुधबार
तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रतिदिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।
ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मङ्गलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो ।