अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी, लाखौँ मानिस विद्युतबाट बञ्चित
रासस / एएनआई
भाद्र १४, २०७८ सोमबार
अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ । डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट बञ्चित बनेका स्थानीय प्रशासनले पुष्टि गरेको छ ।
मौसमविद्हरूले आइडा नामक उक्त आँधी लुइजियानमा अवतरण गर्दा ‘क्याटेगोरी फोर’ को हुने पूर्वानुमान गरेका भएपनि सोमबार अलिकति कमजोर अर्थात् क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् ।