बालाचतुर्दशीको महत्त्व
गोरखापत्र अनलाइन
मंसिर १७, २०७८ शुक्रबार
आज बालाचतुर्दशी पर्व । मार्गकृष्ण चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने प्रचलन छ । काठमाडौँको पशुपति, मृगस्थलीमा ठूलो भीड लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाका कारण रन्थनिएको यो क्षेत्रमा यसपालि भने रौनक हुने देखिएको छ । शास्त्रका अनुसार पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णसरह...