गति लिँदै खेलकुद
गोरखापत्र अनलाइन
चैत्र १, २०७७ आईतवार
खेलकुदले मानिसमा शारीरिक रूपमा स्फूर्ति त ल्याउँछ नै मानसिक रूपमा पनि स्फुर्ति ल्याउँछ । खेल खेल्दा मानिसमा एककिसिमको थप ऊर्जा मिल्छ । यसले मानिसलाई स्वस्थ बनाउँछ । खेलकुदले मानिसमा भएको मानसिक तनाव तथा आलस्यतालाई कम गरी शरीरलाई चङ्गा एवम् स्फूर्त बनाउँछ ।
खेलमा एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ र यस्तो भएको खेलबाटै सहयोगीको भावना बढ्न सक्छ, अनि एक–अर्कामा आत्मीयता पनि बढ्न जान्छ । यसबाट मानिसले...