कानुन र दुर्गाप्रसादको दुःख
गोरखापत्र अनलाइन
चैत्र २०, २०७७ शुक्रबार
उन्नाइस वर्षको उमेरमा वि.स. २०३७ मा इलामको मङ्गलबारे बजारमा तोरी बेच्न भनी हिँडेका दुर्गाप्रसाद तिमिल्सिनाले अनाहकमा ४० वर्ष भारतीय जेलमा बस्नु प¥यो । कामको खोजीको सिलसिलामा दार्जिलिङ पुग्नुभएका तिमिल्सिना सन् १९८० को १२ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ पर्नुभएको थियो । गोर्खाल्याण्ड आन्दोलनको क्रममा उहाँ बसेको जेलमा आगो लाग्दा उहाँको सबै कागजातसहितको मिसिल जलेर नष्ट भएपछि कष्ट भोग्नु प¥यो ।