बुङ्कोट विद्रोहका नायक
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
व्यक्तिगत स्वार्थ त्यागी देश र जनताका निम्ति प्राण उत्सर्ग गर्ने सपूत विरलै हुन्छन् । त्यसैले उनीहरू राष्ट्रका शहीद कहलिन्छन् र पुजिन्छन् । देशको गौरव बनेर युगौँसम्म बाँच्दछन् । यस्तै गाथा बोक्नुभएका एक प्रतिभा हुनुहुन्छ–लखन थापा मगर । आफ्नै जन्मथलो गोरखाको बुङ्कोटमा लखनले लडाकू सेनासहितको युद्धगढी बनाई १९३२ सालमा जङ्गबहादुरविरुद्ध हतियार उचाल्नुभएको थियो । सदरमुकामबाट १२ किमि दक्षिण–पूर्वमा पर्ने सो ऐतिहासिक...