महिलाको प्रगतिका बाधक
गोरखापत्र अनलाइन
आश्विन २५, २०७७ आईतवार
एउटी छोरी परिवारमा राम्रो अवसर पाउँछे र पढ्दै जान्छे । स्कुल, कलेज, विश्वविद्यालय हुँदै रोजगारी वा अन्य कुनै प्रगति पथतिर लम्किन्छे । यदि त्यो अवधिमा उसको विवाह भएको छैन भने यो अवस्थासम्म आइपुग्दा केहिले पनि रोक्दैन । जागिर खान्छे देश, विदेश घुम्छे, नयाँनयाँ खोजमूलक तथा सिर्जनात्मक कार्यमा सहभागी हुन्छे । आफ्नो काममा केन्द्रित हुन्छे, गरेको कामको प्रतिफल सकारात्मक आउँछ, सफलता मिल्दै जान्छ । सीप, ज्ञान र क्षमताको विकास...