विपद्पीडितलाई आहत
गोरखापत्र अनलाइन
असार ८, २०७८ मंगलवार
यही असार १ गते आएको भीषण बाढीले हेलम्बुदेखि मेलम्ची हुँदै इन्द्रावती नदीको तटीय क्षेत्रमा ठूलो विनाश ग¥यो । कैयौँले ज्यान गुमाए भने हजारौँ विस्थापित भए । सयौँ संरचना डुबे, बगे क्षतविक्षत भए । भर्खरै सर्दै गरेका धानखेतका ठूला फाँट बगरमा परिवर्तन भए । लकडाउनले बन्द रहेका केही विद्यालय अब विद्यार्थीले देख्न पाउने छैनन् । नदी सहायतामा खोलिएका ठुल्ठूला माछा फार्म नदीमै विलीन भए । धेरै परिवारविहीन भए । घरलाई बग्न...