उपभोक्ता अधिकारप्रतिको उदासीनता
गोरखापत्र अनलाइन
चैत्र १, २०७८ मंगलवार
आज नेपाली बजार बजारजस्तो छैन । वस्तु र सेवाको खरिद–बिक्री स्थल बजारमा उपभोक्ताले ढुक्क भएर खरिद गर्ने र आफूले खरिद गरेको वस्तु र सेवाको निर्भीक भएर उपभोग गर्ने अवस्था पनि छैन । रातारात वस्तु र सेवाको मूल्य बढेका कारण बेलुका बनाएको खरिद लिस्ट र अनुमानित बजेटले बजारमा ढुक्क भएर खरिद गर्न गाह्रो छ । तौल र गुणस्तरमा समेत अनुचित काम हुँदा परिमाणमा ठगिनुको साथसाथै गुणस्तरहीन वस्तुले उपभोक्ताको जिउ, ज्यान, स्वास्थ्य...