जलवायु सम्मेलनमा उठाउनै पर्ने मुद्दा
गोरखापत्र अनलाइन
कार्तिक १५, २०७८ सोमबार
जलवायु परिवर्तनसम्बन्धी ‘पेरिस सम्झौता’ सन् २०१६ अप्रिल २२ मा फ्रान्सको राजधानी पेरिसमा १ सय ९५ राष्ट्रले हस्ताक्षर गरेर सुरु भएको हो । यो पेरिस सम्झौता २०१६ नोभेम्बर ४ बाट लागू भएको थियो । यो सम्झौताको मुख्य उद्देश्य विश्व तापमान वृद्धिदर १.५ डिग्री सेल्सियससम्म स्थिर राख्नुपर्ने जनाइएको छ । विश्वको तापमान विभिन्न औद्योगिक कलकारखाना आदिका कारणले बर्सेनि बढ्दै गइरहेको छ । सार्क राष्ट्रमा पेरिस सम्झौतालाई नेपालले...