अवरुद्ध निजामती चक्र
गोरखापत्र अनलाइन
बैशाख २०, २०७८ सोमबार
लोकसेवा आयोगका पदाधिकारीको हालैमात्र पदावधि सकिएर लोकसेवा आयोग रिक्तताको अवस्थामा पुगेको छ । आयोग पदाधिकारीविहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत दैनिक रूपमा सम्पादन हुने कार्यसमेत प्रभावित भएका छन् । कानुनतः आयोगका अध्यक्ष तथा सदस्यले प्रयोग गरेको अधिकार अन्य निजामती कर्मचारीलाई प्रत्यायोजन गर्ने व्यवस्था देखिँदैन । अधिकार प्रत्यायोजन पनि नहुने अनि...