महिला सहभागिता वृद्धिमा चुनौती
गोरखापत्र अनलाइन
भाद्र २९, २०७८ मंगलवार
हाम्रो समाजको परम्परागत संरचना र मूल्य–मान्यताले अझै पनि पितृसत्तात्मक सोचलाई काट्न सकेको छैन । संविधान, महिलाको हकअधिकार सम्बन्धी विशिष्टीकृत ऐन, नियम तथा कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताले महिला र पुरुषको समान सहभागिताको व्यवस्था गरे पनि व्यावहारिक रूपमा समाजमा कामको बाँडफाँट अहिलेसम्म सहज रूपमा गर्न सकिएको छैन । सामाजिक तथा विकासका गतिविधिहरूमा पुरुषको उपस्थितिको अनिवार्यता बाध्य गर्ने प्रचलन कायमै...