एमसीसीमा एमाले नीति
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७८ बिहीबार
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको विरोधमा लामो समयदेखि संसद् अवरुद्ध गरिरहेको छ । एमालेको संसदीय दलको निर्णयलगत्तै संसद् सचिवालय पुगेको कारबाहीको पत्रमा सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया मात्रै सुरु गरिदिएको भए एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी गठन प्रक्रिया अवरुद्ध हुने थियो । नेता नेपालसहितका १४ सांसदलाई...