सङ्घीय बजेटमा स्थानीय तह
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७८ मंगलवार
आ.व. २०७८/७९ को सङ्घीय बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको छ । यो बजेटमा तीन खर्ब ८६ अर्ब ७४ करोड रुपियाँ प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणका रूपमा छुट्याइएको छ । यो कुल बजेटको साढे २३ प्रतिशत हो । यो वित्तीय हस्तान्तरण आ.व. २०७७/७८ को संशोधित अनुमानभन्दा ५.६३ प्रतिशत र २०७६/७७ को यथार्थभन्दा १०.३७ प्रतिशतले बढी हो ।
आ.व. २०७७/७८ को तुलनामा आगामी आर्थिक वर्षको स्थानीय तहका लागि छुट्याइएको कुल अनुदान...