निजगढ विमानस्थलको अपरिहार्यता
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
“आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनेछ,” प्रतिनिधि सभा निर्वाचन २०७४ लाई लक्षित गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रूपमा जारी गरेका चुनावी घोषणापत्र २०७४ मा उल्लिखित वाक्यांश हो यो । काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) चार वर्षमा सम्पन्न गर्ने प्रतिबद्धतासमेत घोषणापत्रमा छ । घोषणापत्रमा विकासका ठूला–ठूला सपना छन् ।