क्रिप्टोकरेन्सीको प्रभाव
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७८ बिहीबार
सन् १९८० मा साइबर करेन्सी नामबाट सुरु भएर २००८ मा बिटकोइनका रूपमा जन्म भएपश्चात् क्रिप्टोकरेन्सीको नामकरण भएको पाइन्छ । ओपन सोर्स सफ्टवेयरका रूपमा विकास भएर माइनिङ गर्ने प्रोसेसबाट माइनरलाई पुरस्कारस्वरूप प्रदान गर्ने अवधारणाबाट सुरु भएको बिटकोइनको मूल्य समयसँगै अकासिँदै गएपछि च्याउझैँ अनेकौँ क्रिप्टोकरेन्सी बजारमा आएका छन् । सन् २०२२ को सुरुसम्ममा आठ हजार जति क्रिप्टोकरेन्सी बजारमा आएको पाइन्छ ।