सुर्तीजन्यमा कर समायोजन
गोरखापत्र अनलाइन
बैशाख १०, २०७८ शुक्रबार
अर्वुद रोग वा क्यान्सर कुनै पनि नेपालीका लागि अब नौलो रहेन । कुनै एक व्यक्तिको परिवारको हाँगा केलाएमा परिवारभित्र वा नजिकैको व्यक्ति यस रोगबाट हारेको कथा सुन्न पाइन्छ । क्यान्सर लागेर समयमै उपचार गर्न पाइयो र निको भइयो भन्ने जस्ता क्यान्सर विजेताको कथा दुर्लभ छ, नेपालमा ।
अर्वुद रोगका किसिम र कारणमध्ये सुर्तीजन्य पदार्थबाट सिर्जित क्यान्सर प्रमुख हो भन्ने कुरामा दुईमत छैन । तथ्याङ्कले भन्छ– नेपालमा सुर्तीजन्य...