जोखिमबाट जोगाउने स्थानीय सरकार
गोरखापत्र अनलाइन
बैशाख १२, २०७८ आईतवार
आन्तरिक भू–बनोट, भारतीय र युरेसियन प्लेटको आपसी घर्षण तथा यसले उत्पन्न गरेको भौगर्भिक शक्तिका कारणले नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु बनाएर भूकम्प आइरहन्छन् । सानातिना भूकम्पहरू दिनैपिच्छेजसो आइरहेका हुन्छन् । तर, विनाशकारी भूकम्पहरू भने कहिले चाँडो त कहिले सयौँ वर्षको अन्तरालमा आएको देखिन्छ । हिमालयको उत्पत्तिसँगै यो क्षेत्रमा भुइँचालो जान थालेको अनुमान गर्न सकिए पनि सबै भूकम्पहरूको तथ्याङ्क उपलब्ध...