नेतृत्व सुधार्न आफू सुध्र्रौँ
गोरखापत्र अनलाइन
माघ ६, २०७७ मंगलवार
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता पनि फर्किए निराश भएर । तिनले देखे– नेपाली नेताका सोच, चिन्तन र पारा । बेतुकको बोली र बेलगाम जिब्रो । एकले अर्कालाई निषेध गर्ने स्वार्थोन्मादपूर्ण प्रतिशोधात्मक कार्यशैली । एकले अर्कालाई विभाजनको कारक फलानो नै हो भन्दै दोषारोपण गर्ने र आफूचाहिँ पानीमाथिको ओभानो बन्ने प्रवृत्ति ।
त्यतिमात्र नभई चरम गुटबन्दी, सत्ता र शक्तिको स्वार्थान्धताका कारण परस्पर स्यालझैँ किचलो...