नेपाली राष्ट्रियता र राष्ट्रवाद
गोरखापत्र अनलाइन
असार २७, २०७८ आईतवार
नेपाली राष्ट्रियता र राष्ट्रवादलाई बुझ्न सबैभन्दा पहिलो राष्ट्रियता, राष्ट्रवाद र राष्ट्र शब्दका बेग्लाबेग्लै अर्थतिर जानुपर्ने हुन्छ । हेर्दा धेरै समानता देखिए पनि यी तिनै शब्दका बीचमा मौलिक भिन्नता देखिन्छ ।
राष्ट्रियता एउटा आन्तरिक भावना हो, जसले मानिसलाई एउटा सूत्रमा एकताबद्ध गर्छ । यसको पछाडि भावनात्मक तŒवको प्रमुखता हुन्छ । यस्ता भावनात्मक तŒव भनेको भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि हुन् ।...