सङ्क्रमणभन्दा तनावले लिन्छ ज्यान
गोरखापत्र अनलाइन
भाद्र १८, २०७८ शुक्रबार
कोभिड–१९ ले विश्वका धेरै मानिसलाई सङ्क्रमित बनाएको छ । सङ्क्रमणबाट बच्न हम्मे–हम्मे परेको छ । यस्तो विषम परिस्थितिमा स्वास्थ्यको वास्ता नगरी सुरक्षा मापदण्ड नअपनाइ नै हिँड्नेको पनि कमी छैन । कोरोनाका सम्बन्धमा समाजमा विभिन्न प्रकारका हल्ला फैलाउनेको पनि कमी छैन । कोरोना केही होइन, यसले केही गर्दैन भन्नेहरू पनि हाम्रै समाजमा छन् । कोरोनाको नाम लिनै हुँदैन भन्नेहरू पनि हाम्रै समाजमा छन् । कोरोना सङ्क्रमणबाट सकेसम्म...