दुर्गोत्सवको प्राचीनता
गोरखापत्र अनलाइन
चैत्र २६, २०७८ शनिबार
धेरैजसो धर्मशास्त्रीय एवं ज्योतिषशास्त्रीय ग्रन्थमा चैत्र शुक्ल प्रतिपदालाई नयाँ संवत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ । ब्रह्माले यो संसारको सृष्टि गर्ने क्रममा चैत्र शुक्ल प्रतिपदाको सूर्योदयको समयमा सृष्टि गरेका थिए भन्ने सम्बन्धमा विभिन्न पुराण तथा धर्मशास्त्रीय निबन्ध ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पुराणका अनुसार त्यसै दिनदेखि नै यो संसारमा कालगणना प्रारम्भ भएको हो । धर्मशास्त्रीय निबन्ध...