स्वस्थ मुटु नै जीवन
गोरखापत्र अनलाइन
चैत्र २४, २०७८ बिहीबार
स्वस्थ जीवन नै सुखी जीवन हो । स्वास्थ नै धन हो, खुसी र सम्पन्नता हो । सकेसम्म रोग लाग्नै नदिऊँ । लागिहालेमा समयमा नै उपचार गरौँ । जीवन बर्बाद हुनबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ । मानव जीवन अनमोल छ । हामीलाई लाग्ने धेरै रोगको कारण हामी आफैँ नै हो । व्यस्त जीवनशैली, आधुनिक विलासी जीवनशैली, अस्वस्थ खानपिन, भौतिक सुखसुविधा, स्वास्थ्यप्रति सजग सचेत नहुनुजस्ता थुप्रै कारणले मानिस विभिन्न रोगको शिकार भइरहेका छन् । रोगको...