शिक्षक तालिमका नयाँ आयाम
गोरखापत्र अनलाइन
चैत्र २३, २०७८ बुधबार
सामान्यतया शिक्षक तालिम सेवा प्रवेश गर्नुपूर्व र सेवामा रहँदाको अवस्थामा दिने गरिन्छ । कसरी तालिम दिने भन्ने विषयमा विविधता हुन सक्छ । सेवामा प्रवेश गर्नुपूर्व विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाबाट शिक्षक शिक्षा वा शिक्षक तालिम दिने प्रचलन छ । नेपालको सन्दर्भमा उच्च शिक्षामा शिक्षा विषयमा अध्ययन पूरा गर्नुलाई शैक्षिक योग्यता र तालिम दुवै अर्थमा लिने गरिन्छ तर विश्वमा कतिपय मुलुकमा निश्चित शैक्षिक योग्यतापश्चात्...