स्मृतिमा कृष्ण दाइ
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७७ सोमबार
सुस्वास्थ्यको कामना गर्दागर्दै बज्रिए असह्य पीडादायी बज्रहरू । बज्र बज्रनु के थियो, हामीलाई मर्माहत तुल्याइहाल्यो, हामी किंकर्तव्यविमूढ भयौँ र थचारियौँ टुहुरे खाडलमा । यो २०७७ साल किन निष्ठुरी बनेर आयो हाम्रो जीवनमा ? आउँदै नआएको भए कति निश्चिन्त हुन्थ्यौँ हामी ! छ महिनाको अन्तरालमा दुई–दुई जना अभिभावक हामीलाई चटक्कै छोडेर शून्यमा बिलाउनुभयो कर्कलोको पानीझैँ । हामीले केही गर्न सकेनौँ । हामी टुलुटुलु हेरेर आफ्नै...