सैनिक कल्याणकारी कोषको उपादेयता
गोरखापत्र अनलाइन
मंसिर १०, २०७८ शुक्रबार
विश्वका धेरैजसो मुलुकले जीवनको ऊर्जाशील समय राष्ट्रिय सुरक्षाका लागि विशिष्ट सैनिक सेवामा समर्पण गरेका अवकाशप्राप्त सैनिकको गाँस, बास र कपासको जिम्मेवारी आफंैँ लिने गर्छन् । अवकाशप्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी पनि त्यसैभित्र पर्छ । विशिष्ट सैनिक सेवाप्रतिको आकर्षण त्यसैको प्रतिफल हो । हाम्रो देशमा अवकाशप्राप्त सैनिकलाई राज्यको ढुकुटीबाट पेन्सनबाहेक अन्य सुविधा प्रदान गरेको...