ढुङ्गाले जोगाएको इतिहास
गोरखापत्र अनलाइन
बैशाख १८, २०७८ शनिबार
त्यतिबेला अर्खौले खाम्तेल थुमअन्तर्गत पथ्र्यो । खाम्तेलका सान्ने र जगरेभीर (साप्सुखोलाछेउ) मा बसोवास गर्ने सेनेम्छा राईका पुर्खाले खाम्तेल थुममा शासन गर्थे ।
खाम्तेल थुमका किराती राजाहरूले आफ्ना नियमित सेनालाई धनुकाँड विद्या प्राथमिकतासाथ सिकाउँथे । त्यतिबेला धनुकाँड प्रमुख हतियारका रूपमा मानिन्थ्यो । किराती राजाहरूले आफ्ना नियमित सेनालाई खाम्तेल थुमका विभिन्न ठाउँमा सैन्य अभ्यास गराउँदा धनुकाँडलाई...